शनिबार बाहेक सार्वजनिक बिदामा पनि कार्यालय खुलाउने सरकारको निर्णय

लोकखबर
२०७९ फाल्गुन ११, बिहीबार १९:०९

मकवानपुर । सरकारले शनिबार बाहेक सार्वजनिक बिदाका दिनमा अत्यावश्यक सेवा दिनुपर्ने कार्यालय खोल्ने निर्णय गरेको छ ।
विहीबारको मन्त्रीपरिषद् बैठकले शनिबार बाहेक सार्वजनिक बिदाका दिन कर्मचारीलाई अतिरिक्त पारिश्रमिक व्यवस्था गरेरै भएपनि नागरिकलाई सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
यसरी शनिबार बाहेकको सार्वजनिक बिदाको दिनमा खुल्ला गर्नपर्ने कार्यालयहरुबारे सूची तयार पार्ने मन्त्रीपरिषद्को निर्णय रहेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार जिल्ला प्रशासन, अस्पताल, बैंक लगायतका रहेका छन् ।
सार्वजनिक बिदा धेरै भएकोमा आलोचना भइरहेको विषयलाई ध्यान दिँदै सरकारले बिदाका दिनमा पनि कार्यालय खोल्नेबारे निर्णय गरेको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको