कान्तिलोकपथमा १८ फागुनदेखि सवारी नचलाइने

लोकखबर
२०७९ फाल्गुन १६, मंगलवार १२:३०

मकवानपुर । हेटौंडा-काठमाडौं जाने कान्तिलोकपथ मर्मतसम्भारका लागि १८ फागुनदेखि १० चैतसम्म पूर्ण रुपमा बन्द गरिने भएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा सोमबार बसेको बैठकले सडक मर्मत तथा सुधारका लागि कान्तिलोकपथ दुईतर्फी रुपमै आवागमन बन्द गर्ने निर्णय गरेको हो ।
कान्तिलोकपथ बन्द हुने भएपछि हेटौडाबाट काठमाडौं जानका लागि हेटौडा-भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली रूटमा एकतर्फी यातायात सेवा संचालन गरिने भएको छ ।
यस्तै, काठमाडौंबाट हेटौडा आउनका लागि थानकोट-चित्लाङ-मार्खु-भीमफेदी रूट हुँदै एकतर्फी यातायात सेवा संचालन गरिने निर्णय पनि बैठकको छ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको