थारु आयोगको प्रतिवेदन प्रदेश प्रमुखलाई
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आयोगको वार्षिक प्रतिवेदन बुझाएका छन् ।
बागमती प्रदेश प्रमुख शर्मासमक्ष आइतबार अध्यक्ष चौधरीले नेपालको संविधानको धारा २९४ को उपधारा (३) अनुसार आयोगले आर्थिक वर्ष २०७८/०७९ मा सम्पादन गरेको काम कारबाहीसमेत समेटेर तयार गरिएको चौथो वार्षिक प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शमाले आयोगले गरिरहेको कामको प्रशंसा गर्दै विभिन्न समुदायको उत्थानका लागि सरकारले आयोग गठन गरी काम गर्नु सराहनीय कार्य भएको बताए ।











































