सरकारमा सहभागिताका विषयमा एकीकृत समाजवादीको अडान कायमै

लोकखबर
२०७९ चैत्र १५, बुधबार १६:५४

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सरकारमा सहभागिताका सन्दर्भमा आफ्नो अडान कायमै राखेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी हुने मन्त्रीको नाम दिन भनेपनि पाउँने मन्त्रालय र संख्या प्रष्ट नभएकाले अहिले नाम दिन नसकिने समेत एकीकृत समाजवादीको भनाई छ ।
पार्टी सचिवालयको आज बुधबार बसेको बैठकले सरकारमा सहभागिताका लागि कम्तीमा तीन वटा मन्त्रालय आफूले पाउँनुपर्ने दाबी गरेको छ । तीन मन्त्रालय नपाएसम्म सरकारमा सहभागी हुने मन्त्रीको नाम नलिने निर्णय लिइएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
प्रधानमन्त्रीले एक जनालाई पठाउन आग्रह गरे पनि एक जना मात्रको विषयमा निर्णय नलिइएको खतिवडाले बताए । गठबन्धनमा आबद्घ दलहरुले अरुले रोजेर पाएकाले अब आफ्ना लागि रोज्ने पालो भएको एकीकृत समाजवादीको भनाई छ । प्रधानमन्त्रीले तीन मन्त्रालय दिने गरी मन्त्रीको नाम माग गरे कुनै पनि बेलामा निर्णय गर्ने गरी दिन आफूहरु तयार रहेको पार्टी प्रवक्ता खतिवडाले बताए ।
स्रोतका अनुसार एकीकृत समाजवादीले पार्टी उपमहासचिव प्रकाश ज्वालाको नेतृत्वमा सरकारमा सहभागी हने तयारी गरेको छ । पहिलो चरणमा नेता ज्वालाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित पार्टीले ज्वालालाई मन्त्री बनाउने तयारी गरिएको बुझिएको छ ।
प्रधानमन्त्री प्रचण्डले सरकारलाई समर्थन गर्ने दलबाट एक एक जनालाई मन्त्री नियुक्त गरी आजै बेलुकासम्म सपथ खुवाउने तयारी गरेको बुझिाएको छ । एकीकृतबाट पहिलो चरणमा ज्वाला मन्त्री बन्ने र पछि उपाध्यक्ष बेदुराम भुसाललाई पार्टीले सरकारमा पठाउने स्रोतको भनाई छ ।
यस्तै, नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्का पनि मन्त्री बन्ने चर्चामा छन् ।
गठबन्धनमा आबद्द दलका शीर्ष नेताहरुसंग प्रधानमन्त्री प्रचण्डले सरकार विस्तारका सम्बन्धमा बालुवाटारमा छलफल गरेका छन् ।
छलफलमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेताहरुको सहभागिता छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको