मोटरसाइलको ठक्करबाट स्याङ्तानको मृत्यु
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ८ साततले राजबास पुलमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
फापरबारीबाट हेटौँडातर्फ आइरहेको बा २५ प १९०८ नम्बरको मोटरसाइकलको ठक्करबाट बुधबार विहान बागमती गाउँपालिका वडा नम्बर ८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तानको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका स्याङ्तानलाई उपचारका लागि हेटौंडा अस्पतालमा लगिएपनि उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । स्याङ्तानलाई ठक्कर दिने मोटरसाइकलका चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।











































