बागमतीमा २०८० वैशाख १ बाट विद्युतीय हाजिरी

लोकखबर
२०७९ चैत्र १५, बुधबार १८:५७

मकवानपुर । आगामी नयाँ वर्ष २०८० वैशाख १ बाट बागमती प्रदेश सरकार मातहतका सरकारी कार्यालयहरुमा विद्युतीय हाजिरी लागू गरिने भएको छ ।
बागमती प्रदेश सरकारको बुधबार १५ चैत्रमा बसेको बैठकले सरकार मातहतका कार्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू गर्ने लगायतका निर्णय गरेको हो ।
यस्तै, बैठकले, आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठलाई प्रदेश सरकारको प्रबक्ताको जिम्मेवारी दिने निर्णय गरेको जनाइएको छ ।
बैठकबाटै प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा सिन्धुलीका प्रा.डा.नरविक्रम थापा नियुक्त भएका छन् ।
प्रदेशका चेपाङ समुदायको महत्वपूर्ण पर्व न्वागी र माझी समुदायको पर्व लदीमा समुदायगत रुपमा बिदा दिने निर्णय पनि बुधबारको बैठकले गरेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको