मौसम अपडेट :

हल्का वर्षाको सम्भावना

लोकखबर
२०७९ चैत्र २३, बिहीबार ०६:४९

मकवानपुर । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका विभिन्न ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्नसक्ने महाशाखाको पूर्वानुमान छ ।
दिउँसो कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी पहाडी भूभाग लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भूभागका १-२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना छ ।
बिहीबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको