जग्गाको कित्ताकाट खुला

लोकखबर
२०८० बैशाख ६, बुधबार ०८:४७

मकवानपुर । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भू–उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको हो ।
सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार घरजग्गा कारोबार सहज बनाउन मन्त्रिपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको हो ।
नियमावली नबनेको कारण कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो । कित्ताकाट र घरजग्गा कारोबारसम्बन्धी भूउपयोग नियमावली–०७९ का अप्ठ्यारा प्रावधान हटाइएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको भनाई छ । गत जेठ २३ मा नियमावली जारी हुँदा मंसिर २३ सम्म कृषि एवं गैरकृषि क्षेत्र छुट्याइसक्नुपर्ने र त्यसपछि १० वटै भागमा वर्गीकरण गर्नुपर्ने नियमावलीमा उल्लेख थियो ।
यस्तै, मंसिर २३ पछि पालिकाहरूले १० वटै भागमा वर्गीकरण गर्नुपर्ने व्यवस्था थियो । तर वैशाख ४ सम्म १५६ वटा पालिकाले मात्र वर्गीकरण गरेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । पालिकाहरूले वर्गीकरण नगर्दा घरजग्गा कारोबार र कित्ताकाटमा कमी आएको थियो ।
मुलुकमा देखिएको आर्थिक संकट घटाउन जग्गा कित्ताकाटले सहज हुने बताइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको