आज आमाको मुख हेर्ने दिन

लोकखबर
२०८० बैशाख ७, बिहीबार ०९:४६

मकवानपुर । आज विहीबार आमाको मुख हेर्ने दिन । हामी प्रत्येक वर्ष वैशाखकृष्ण पक्षका दिन आमालाई मीठा मीठा खानेकुरा खुवाउँदै तथा सम्मान गर्दै औंसी मनाउँने गर्दछौं ।
छोराछोरीले बिहानै उठी नुहाएर आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गरिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको