मकवानपुरका अनलाइन मिडिया संचालक संगठित
मकवानपुर । मकवानपुरमा अनलाइन संचारमाध्यमका संचालक संगठित भएका छन् । विहीबार बागमती प्रदेशको राजधानी हेटौंडामा भएको भेलाले धर्मेन्द्र दाहालको अध्यक्षतामा अनलाइन मिडिया एशोसिएसन नेपाल (ओमान) गठन गरिएको छ ।
संस्थाको वरिष्ठ उपाध्यक्षमा रवीन्द्र गौतम, उपाध्यक्षद्वयमा सुनिता विष्ट र रुपक कालिराज, महासचिवमा उज्ज्वल अधिकारी, सचिवद्वयमा मनोज देवकोटा र राजेश थापा, कोषाध्यक्षमा प्रवेश धिताल चयन भएका छन् ।
सदस्यहरुमा दीपेश दाहाल, गोविन्द शर्मा तिमल्सिन, भूपेन्द्र राना रहेका छन् ।











































