जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

लोकखबर
२०८० जेष्ठ ८, सोमबार १९:२३

मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव छानिएका छन् ।
पार्टी संसदीय दलको सोमबार बसेको बैठकले यादवलाई सर्वसम्मत रूपमा चयन गरेको हो । यादव गत १० वैशाखमा भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् । उनी गत मंसिरमा भएको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट भने पराजित भएका थिए ।
बारा क्षेत्र नम्बर २ बाट जसपाका तर्फबाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति चुनिएका थिए । रामसहाय उपराष्ट्रपति चुनिएसंगै उपेन्द्रलाई सांसद र संसदीय दलको नेता बन्ने अवसर प्राप्त भएको हो ।
जसपाका प्रतिनिधि सभामा १२ जना सांसद छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको