बागमती प्रदेश प्रमुख शर्माको शुभकामना

लोकखबर
२०८० असार १४, बिहीबार ०७:०९

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले विहीबार मुस्लिम समुदायमा हर्षोल्लासपूर्वक मनाइँदै गरिएको बकर इद (इद उल अजाह) को सन्दर्भमा शुभकामना व्यक्त गरेका छन् ।
प्रमुख शर्माले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, ‘रमजान पर्वको ७० औं दिनमा मनाइने यस पर्वको सन्दर्भमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली मुसलमान दाजुभाई तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं दिर्घायूका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
हिजरी संवत अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ । मुस्लिम समुदायको अत्यन्त ठूलो पर्वका रुपमा रहेको बकर इदमा रिस, राग र द्वेषलाई बिर्सेर एकआपसमा खुसी, सद्भाव तथा शुभभावना व्यक्त गर्ने गरिन्छ ।
प्रमुख शर्माले बहुभाषिक, बुहधार्मिक, बहुसांस्कृतिक विविधताले भरिपूर्ण नेपाली समाजमा यस्ता चाडपर्वको माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं सम्बर्द्धन हुन सघाउ पुग्दछ भन्ने आफूले विश्वास लिएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच हामीलाई आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र एकताको शुत्रमा बाँधी राख्न यस पर्वबाट प्रेरणा मिओस् भन्ने कामना समेत प्रमुख शमाको शुभकामनामा छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको