प्रदेशमा उत्पादित दुग्धमा तीस करोड दिईयो, दोहोरो भुक्तानी रोकियो

लोकखबर
२०८० असार २५, सोमबार ०३:२६

मकवानपुर । विगतदेखि पाउँदै आएको अनुदान रकम अहिले नदिइएको भन्दै चितवनका दुग्ध उत्पादक किसानले आइतबार बागमती प्रदेशको कृषि तथा पशुपंछी विकास मन्त्रालयमा धर्ना दिएका छन् । वि.स.२०७५ सालदेिख आफूहरुले पाउदै आएको अनुदान अहिले रोकिएको भन्दै उनीहरुले मन्त्रालयमा धर्ना दिएका हुन् । प्रदेश सरकारले चितवनका तीन वटा स्थानीय तहलाई दुग्धमा दिँदै आएको अनुदान रोकेको किसानहरुको आरोप छ ।
मन्त्रालयले भने प्रदेशमा उत्पादित दुग्धमा तीस करोड रुपैंया भुक्तानी दिइसकेको जनाएको छ । मन्त्रालयका सचिव शरण पाण्डेका अनुसार प्रदेशका २ सय २२ वटा दुग्ध सहकारीहरुले अनुदानको रकम भुक्तानी लिइसकेका हुन् ।
सहकारी संस्थालाई दिइएको गलत रिपोर्ट बुझाउने, स्थानीय तहबाट लिइसकेर दाहोरो माग गर्ने बाहेकका सहकारीका लागि भुक्तानी पठाइसकिएको उनले जानकारी दिए । गलत विवरण बुझाएका, कृत्रिम किसान बनाइएका र एउटै शीर्षकमा दाहारो रकम भुक्तानीको लागि माग भएका सहकारीहरुको अनुदान रकम भने रोकिएको बताए । कार्यविधी र कानूनभन्दा माथि रकम भुक्तानी गर्न नसकिने बताए ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको