सय किलो गाजासहित हेटौंडाबाट एक जना पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५, कर्राबाट एक क्विन्टल लागुऔषध गाजासहित एकजना समातिएका छन् ।
मकवानपुर प्रहरीले गोरखा पालुङटार नगरपालिका वडा नम्बर ३ बस्ने ३७ वर्षीय दुर्गा दजीलाई समातेको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ च १६८८ नम्बरको बोलेरो पिकअप गाडी चेकजाँच गर्ने क्रममा गाडीबाट सय किलो ६ सय ग्राम गाजासहित चालक दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ परेका दर्जीमाथि थप अनुसन्धान भइरहेको छ ।











































