तरकारी बोकेको गाडी दुर्घटनामा तीन जना घाइते
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा बुधबार राती तरकारी बोकेको एउटा गाडी दुर्घटनामा परेको छ ।
मार्खुबाट तरकारी लिएर हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ च ०६९४ नम्बरको योद्धा पिकअप गाडी अनियन्त्रित भएर दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।
तरकारी बोकेको गाडी भीमफेदी-कुलेखानी सडकखण्डबाट करिब बीस मिटर तल खसेर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेमा गाडी चालक हेटौंडा-८ कमाने बस्ने २३ बर्षीय रिकेश क्षेत्री, गाडीमा सवार ईन्द्रसरोबर–१ सिमभन्ज्याङ बस्ने ६९ बर्षीय डम्बरबहादुर थापा मगर र सवारी धनी हेटौंडा-१० किसनरोड बस्ने ३३ बर्षीय मातृका प्रसाद खनाल छन् ।
घाइतेहरुको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ ।











































