माण्डुमा किशोरीको शव फेला
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका ८ माण्डुमा एक किशोरीको शव फेला परेको छ । बागमती खोलामा माण्डु हाईड्रोपावरको पानी जम्मा गरी फोहोर छुट्याउने ठाउँमा आज आइतबार विहान किशोरीको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीका अनुसार नाम थर, वतन नखुलेको मंगोलियन अनुहारकी अन्दाजी १७ वर्षीया किशोरीको शव फेला परेको हो ।











































