जिल्ला शिक्षा कार्यालय राख्ने विधेयक संघीयता विरोधी: देवकोटा

लोकखबर
२०८० श्रावण २१, आईतवार ११:५८

मकवानपुर । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले शिक्षा मन्त्रालयले सङ्घीयता विरोधी जिल्ला शिक्षा कार्यालय राख्ने विधेयक कुनै हालतमा पास गर्न नदिने चेतावनी दिएका छन् ।

‘सरकारले विद्यालय शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय राखेर ठुलो उपलब्धि ठानेको होला । सङ्घीयता विरोधी यो प्रावधानलाई कुनै पनि हालतमा संसदबाट पास गर्न दिइने छैन’, स्वतन्त्र सांसद देवकोटाले सामाजिक सञ्जालमा भनेका छन्, ‘भुईँको टिप्न खोज्दा खल्तीको नपोखिएला भन्न सकिन्न मन्त्रालयको बेलैमा ध्यान जाओस् ।’

उनले संविधानले चिनेको र संविधानले नै काम कर्तव्य अधिकार दिएको जिल्ला समन्वय समितिको बेहाल रहेका बेला जिल्लामा संरचनाहरू राख्नु भनेको स्रोत र साधनको दुरुपयोग हुनु मात्र भएको बताएका छन् । ‘थप उपलब्धि केही पनि हुनेछैन र हुँदैन’, उनको भनाइ छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको