फोनिज स्थापना दिवसमा हेटौंडामा प्रभातफेरी

लोकखबर
२०८० श्रावण २७, शनिबार २०:२१

मकवानपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुर शाखाले शनिबार विहान हेटौंडामा प्रभातफेरी आयोजना गरेको छ । बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्यचोक सिमाचोकबाट उद्योग वाणिज्य संघ मकवानपुरसम्म प्रभातफेरी कार्यक्रमको अयोजना गर्दै फोनिजको २४ औं स्थापना दिवस मनाएको हो ।
पहिचान र अधिकारका लागि समावेशी सञ्चार, ऐन कानुनको निर्माण, संविधान कार्यान्वयनको आधार भन्दै स्थापना दिवस मनाइएको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघं (फोनिज) मकवानपुर शाखाका अध्यक्ष अशोक श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो । अध्यक्ष श्रेष्ठले कार्यक्रममा मन्तव्य राख्नुुहुँदै देशभर आइरहेको आर्थिक मन्दीले पत्रकारहरुको जीविकोपाजर्नमा समस्यामा परेको बताए ।
श्रमजीवि पत्रकार ऐन पूर्ण कार्यान्वयनमा नआउँदा समस्यामा परेको उनको भनाई छ । श्रमजीवि पत्रकारहरुको हकहितका लागि फोनिजले सरोकार निकाय समक्ष आवाज उठाउन फोनिजले भूमिका खेल्ने उनले बताए । फोनिजका केन्द्रीय पसाक सुवर्णलाल श्रेष्ठले फोनिजको वृद्विविकासको लागि सबै आदिवासी पत्रकारहरुको सक्रिय सहभागी हुनुपर्ने बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको