बागमती प्रदेशका अस्पतालमा क्याबिन र आईसीयूबाहेक सबै सैया निःशुल्क

लोकखबर
२०८० श्रावण ३०, मंगलवार १३:१७

मकवानपुर । आगामी भदौ १ गतेबाट बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालमा बिरामी भर्ना सेवा निःशुल्क हुने भएको छ ।
प्रदेशको स्वास्थ्य मन्त्रालययले आइतबार सूचना जारी गर्दै निःशुल्क रूपमा बिरामी भर्ना गर्न प्रदेश मातहतका अस्पतालहरूलाई निर्देशन दिएको हो।
ती अस्पतालका क्याबिन, एनआईसियू र आईसीयूबाहेक अरू सबै शय्या निःशुल्क गरिने स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक एवं प्रवक्ता दीपकप्रसाद तिवारीले जानकारी दिए ।
प्रदेशका १३ वटै आयुर्वेद केन्द्रलाई पनि रिह्याबिटेसन र फिजियोथेरापी सेवा निःशुल्क गर्न मन्त्रालयले पत्राचार गरेको छ ।
बिरामीले जिल्ला अस्पतालहरुबाट न्यूनतम २५ रुपियाँदेखि पाँचसय रुपियाँसम्म प्रति शैयाको रकम तिरेकोमा भदौबाट निःशुल्क हुने भएको हो।
मन्त्रालयले सरकारी, निजी, सहकारी र सामुदायिक अस्पतालहरुलाई सामाजिक सेवा ईकाई स्थापना गर्न निर्देशन गरेको छ । मन्त्रालयले ईकाई मार्फत असहाय, अपाङ्गता भएका, विपन्न, वेवारिसे बिरामीको उपचार व्यवस्थित गर्ने निणर्य भएको हुँदा अनिवार्य रुपमा कार्यान्वयन गर्न सूचनामा उल्लेख गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नीजि स्वास्थय संस्थाहरुले १० प्रतिशत निःशुल्क सेवा दिनुपर्ने व्यवस्था रहेको बताउँदै नीजिमा पनि सामाजिम सेवा इकाई राख्न निर्देशन दिइएको छ । गरिब, विपन्न र अप्ठेरोमा परेका बिरामीलाई १० प्रतिशतबाट हुने निःशुल्क सेवा उपलब्ध गराउन निर्देशन दिइएको हो ।
अब प्रदेशका १३ वटा अस्पतालका आठ सय ११ शैया निःशुल्क हुने व्यवस्था गरिएको हो । मन्त्रालयका अनुसार हेटौँडा अस्पतालमा १७५ शैया, त्रिशुली अस्पतालमा ९२ शैया, धादिङ अस्पतालमा ७९ शैया, भक्तपुर अस्पतालमा ७५ शैया, चौतारा अस्पतालमा ३६ शैया, मेथिनकोट अस्पतालमा ५१ शैया, बकुलहर रत्ननगर अस्पतालमा ७६ शैया, सिन्धुली अस्पतालमा ७७ शैया, पशुपति चौलागाई अस्पतालमा ४५ शैया, बज्रबाराही चापागाउँ अस्पतालमा २५ शैया, रसुवा अस्पतालमा १९ शैया, टोखा चण्डेश्वरी अस्पतालमा २५ शैया र रामेछाप अस्पतालमा ३६ शैया निःशुल्क गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको