समाजवादी प्रेस संगठनले मनायो दोस्रो स्थापना दिवस
मकवानपुर । नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन, नेपालले आइतबार आफ्नो दोस्रो स्थापना दिवस मनाएको छ।
काठमाडौंको थापागाउँस्थित बानेश्वर बैङ्केटमा संगठनका अध्यक्ष विश्वमणि सुवेदीको अध्यक्षता तथा पार्टीअध्यक्ष माधव कुमार नेपालको प्रमुख आतित्थ्यतामा स्थापना दिवस मनाइएको हो ।
कार्यक्रममा पार्टीका सम्मानित नेता झलनाथ खनाल, केन्द्रीय उपमहासचिव तथा पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, पोलिटब्यूरो सदस्य प्रेमलकुमार खनाल, केन्द्रीय सदस्यहरु शम्भु श्रेष्ठ, दामोदर अर्याल, अशेष घिमिरे, चमिना भट्टराई, अर्जुन राई, अमृत तिमल्सिनाको उपस्थिति रहेको थियो।
त्यस्तै प्रेस युनियनका सभापति शिव लम्साल,नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरी, श्रमजीवि पत्रकार संघका अध्यक्ष जन्मदेव जैशी, प्रेस सेन्टरका उपाध्यक्ष दिपेन्द्र रावललगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
स्थापना दिवसका अवसरमा संगठनको प्रकाशन ‘समाजवादी प्रेस’ विमोचन पनि गरिएको छ । संगठनले स्थापनाका अवसरमा विभिन्न व्यक्तिका नाममा पुरस्कार स्थापना गरेको छ ।
संगठनका उपाध्यक्ष नवराज छत्कुलीले स्वागत मन्तव्य राखेको कार्यक्रम महासचिव रामकुमार एलनले संचालन गरेका थिए।











































