नेकपा एस हेटौंडा नगर कमिटी बैठकमा समाजवादी मोर्चाको सन्देशसभा तयारीबारे छलफल

लोकखबर
२०८० भाद्र २२, शुक्रबार २१:०८

मकवानपुर । पर्सि भदौ २४ गते आइतबार बागमती प्रदेशको राजधानी हेटौंडामा हुने समाजवादी मोर्चा नेपालको प्रदेशस्तरिय सन्देशसभाको तयारी सन्दर्भमा आज नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी हेटौंडा नगर कमिटीको बैठक भएको छ ।

पार्टी नगर कमिटिको एघारौं पूर्ण बैठकमा समाजवादी मोर्चाको कार्यक्रम भव्यताका साथ सफल बनाउँन आवश्यक तयारीबारे छलफल भएको हो ।

बैठकमा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा पार्टी मकवानपुर इन्चार्ज ललित बस्नेतको प्रमुख आतिथ्यता थियो । यस्तै, पार्टी स्थायी कमिटी सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री विरोध खतिवडा, पार्टी नेता तथा बागमती प्रदेश सरकारका पूर्व कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईंको आतिथ्यता थियो ।

बैठकमा पार्टी अनुशासन विपरित लाग्नेलाई कारवाहीपछि रिक्त हेटौंडा नगर कमिटी सचिवमा सफल अधिकारी र उप सचिवमा हिम सुवेदीलाई चयन गरिएको छ ।

हेटौंडामा हुने सन्देशसभामा समाजवादी मोर्चा घटक माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री उपेन्द्र यादव, नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव सी) लगायत नेताहरुको आतिथ्यता रहनेछ ।

एकीकृत समाजवादीले व्यवस्थापनको जिम्मा पाएको बागमती प्रदेशस्तरिय सन्देशसभा हेटौंडा ४ स्थित रोयल पार्टी प्यालेशमा दिउशो १२ बजेबाट हुने जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको