अनेमसंघ (समाजवादी) मकवानपुर जिल्ला अध्यक्षमा गायत्री सुवेदी, हेटौंडा नगर अध्यक्षमा तारा ढुंगाना

लोकखबर
२०८० आश्विन १३, शनिबार १९:४४

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ (समाजवादी) मकवानपुरको चौधौं जिल्ला तथा नगर सम्मेलन आज भएको छ ।

विजया दशमी, शुभ दिपावली, नेपाल संवत, छठ पर्व, इद तथा ल्होसार २०८० को सन्दर्भमा संयुक्त रुपमा शुभकामना आदान प्रदान सहित अनेमसंघ समाजवादीको जिल्ला तथा हेटौंडा नगर सम्मेलन भएको हो ।

भेलाले गायत्री सुवेदीको अध्यक्षतामा ५१ सदस्यीय अनेमसंघ (समाजवादी) मकवानपुर जिल्ला कमिटी र तारा ढुंगाना लामाको अध्यक्षतामा ३५ सदस्यीय हेटौंडा नगर कमिटी गठन गरेको छ ।

भेलामा अनेमसंघका केन्द्रीय महासचिव तथा बागमती प्रदेशसभा सदस्य रमा आलेमगरको प्रमुख आतिथ्य, एकीकृत समाजवादी मकवानपुर इन्चार्ज, अनेमसंघ समाजवादीका केन्द्रीय उपाध्यक्ष मुनु सिग्देलको प्रमुख आतिथ्यता थियो ।

यस्तै, राष्ट्रियसभा सदस्य तथा पार्टी केन्द्रीय सदस्य गोमा तिमल्सिना, पार्टी मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहाल, पार्टी केन्द्रीय सदस्य सीता अधिकारी, पार्टी केन्द्रीय सदस्य, पार्टी मकवानपुर सहइन्चार्ज तथा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको आतिथ्यतामा सम्मेलन भएको एकीकृत समाजवादी हेटौंडा उपमहानगर कमिटी सचिव सफल अधिकारीले जानकारी दिए । ।

 

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको