हेटौंडामा सहिद आकाश मेमोरियल क्यापस सञ्चालनको तयारी
मकवानपुर । सहिद एकनाथ सुवेदी (आकाश) स्मृती प्रतिष्ठानले बागमती प्रदेशको राजधानी हेटौंडामा सहिद आकाश मेमोरियल क्यापस सञ्चालनको तयारी गरेको छ ।
क्यापस सञ्चालक समितिका अध्यक्ष विजय गौतमले यसै शैक्षिक सत्रबाट चार वर्षे स्नातक ब्याचलर इन इन्फरमेशन टेक्नोलोजी (बीआइटी) र ब्याचलर अफ बिजनेस एड्मिनिस्ट्रेसन (बीबीए) गरी दुईवटा विषयको अध्यापन सुरु गर्न लागिएको जानकारी दिए ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसले चार वर्षे बीआइटीका लागि ५ लाख ३५ हजार रुपैयाँ र बीबीए कोर्सका लागि ४ लाख २५ हजार रुपैयाँ शुल्क तोकेको उनले बताए ।
क्याम्पसले लक्षित वर्गका लागि दश प्रतिशत विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था मिलाएको जानकारी दिएको छ ।
क्याम्पस हेटौंडा-५ स्थित रिलायन्स स्कुलको भवनमा सञ्चालनमा आउन लागेको हो ।
क्याम्पस सञ्चालक समितिले क्याम्पस प्रमुखमा दिनेश सुवेदीलाई नियुक्त गरेको जानकारी दिइएको छ ।











































