बागमती प्रदेश प्रमुख शर्माको शुभकामना सन्देश :

‘राष्ट्रिय एकता हासिल गर्न चाडपर्वको विशीष्ट महत्व छ’

लोकखबर
२०८० कार्तिक ४, शनिबार ०६:४९

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालीहरुलाई एउटै सुत्रमा बाँधेर राष्ट्रिय एकता हासिल गर्न र समृद्धि प्राप्तीका लागि मौलिक चाडपर्वको विशीष्ट महत्व रहेको बताएका छन् ।

नेपालीहरुको महत्वपूर्ण पर्व बडादशैं, तिहार, नेपाल संवत ११४४, छठलगायत चाडपर्वका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै प्रमुख शर्माले यस्तो बताएका हुन् । यी चाडपर्वका सन्दर्भमा प्रदेश प्रमुख शर्माले आफ्नो सन्देशमा भनेका छन्, ‘स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु ।’ शर्माले हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिपूर्ण भएकाले उल्लेख गर्दै यो विविधताबीच एकता कायम गरी आपसी भाइचारा र सहिष्णुता अभिवृद्धि गर्न हाम्रा पर्वहरुले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । हामीले मनाउँदै आएका पर्वहरुभित्र रहेका सकारात्मक पक्षलाई आत्मसात् गरी अघि बढ्ने तथा गलत संस्कार एवं अभ्यासलाई हटाउने दायित्व हाम्रै भएको प्रमुख शर्माको भनाई छ ।

उनले सामाजिक सद्भाव , सहिष्णुता र आपसी भातृत्व विकासका लागि योगदान दिने पर्वहरुप्रति गौरवबोध गर्न सक्नुपर्ने उल्लेख गरेका छन् । साथै उनले नेपालीहरुले मनाउने पर्वहरुले असल मार्गमा लाग्न प्रेरित गरोस् भन्ने कामना समेत गरेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको