मकवानपुरमा सुमो दुर्घटना हुँदा १३ तीर्थयात्री घाइते

लोकखबर
२०८० कार्तिक ७, मंगलवार १६:१५

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ५ मा मंगलबार सवारी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
कुलेखानी मकैबारीस्थित मातातीर्थ काठमाडौं जाने भित्री सडकखण्डमा वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्र.३००१ ज.२८३ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना भएको हो । सो सुमोमा तीर्थका लागि हिडेका यात्रीहरु रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
सुमो सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको थियो । सुमो चालक बारा जिल्लाको कलैया नगरपालिका २१ बस्ने २५ वर्षका अनिलकुमार शाह प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको