बडादशैंको टिका लगाउने क्रम जारी

लोकखबर
२०८० कार्तिक ९, बिहीबार ०८:५१

मकवानपुर । विजयादशमीपछि टीका तथा जमरा लगाएर मान्यजनको आशिर्वाद थाप्ने क्रम आज पनि जारी छ ।

बडा दशैं अन्तर्गत विहीबार आश्विन शुक्ल द्वादशीका दिन पनि टिका लगाइदैछ । नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी रहेको हो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार नौ दिनसम्म पुजा आराधना गरी देवी बिसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।

कोजाग्रत पूर्णिमाका दिनसम्म नवदुर्गाको प्रसाद लगाउन मिल्ने जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको