खर काट्न जंगल गएका पौडेल बाघको आक्रमणमा मारिए

लोकखबर
२०८० मंसिर ८, शुक्रबार २१:२१

मकवानपुर । मकवानपुरको मनहरीमा खर काट्न आएका एक व्यक्तिको बाघको आक्रमणमा परी मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा चितवन राप्ति नगरपालिका वडा नम्बर १ दुबिचौर बस्ने ४३ बर्षीय हरी पौडेल रहेका छन्।
मनहरी गाउँपालिका वडा नम्बर ६ खयरघारी गाउँदेखि करिब २ किलोमिटर दक्षिणतर्फ रहेको राप्ति र लोथर खोलाको मध्यवर्ति क्षेत्र अन्तरगत दोभानमा पौडल खर काट्न आएका थिए । उनलाई शुक्रबार बिहान १० बजेर १५ मिनेटको समयमा बाघले आक्रमण गरेको प्रहरीको भनाई छ।
बाघको आक्रमणमा परेका पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको