राक्सिराङ र कैलाशमा ३४ बिगाह जग्गामा लगाइएको गाँजा फडानी
मकवानपुर । गाँजा फडानी अभियानमा जुटेको मकवानपुर प्रहरीले मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा गरी एकै दिन ३४ बिगाहा १५ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरेको छ ।
मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीका अनुसार सोमबार राक्सिराङ गाउँपालिका वडा नम्बर ६ को बान्द्राङ, सिराधुनी, नम्बर ८ को गैरीडाँडा, गढीडाँडा क्षेत्रमा २० बिगाहा १५ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा गरिएको हो ।
यस्तै, कैलाश गाउँपालिका वडा नम्बर १ को धुसाहा, डाँडाखर्क, भोर्लाडाँडा, डाँडाबारी र वडा नम्बर २ को बैकुण्ठडाँडा, जलेखु क्षेत्रमा १४ बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरेर नष्ट गरिएको भण्डारीले जानकारी दिए ।
मकवानपुरमा विगतदेखि नै गाँजा खेती हुँदै आएको विकट क्षेत्रमा प्रहरीको टोली अभियानसहित यतिबेला खटिएको हो ।
गाँजा नष्ट गर्ने टोलीमा कैलाश गाउँपालिकामा प्रहरी निरिक्षकको कमाण्डमा ५० जना र राक्सिराङ गाउँपालिकामा प्रहरी निरिक्षकको कमाण्डमा ५० जना रहेको मकवानपुर प्रहरीले जनाएको छ ।











































