राक्सिराङबाट गोलीसहित पेस्तोल बरामद

लोकखबर
२०८० मंसिर १२, मंगलवार १८:४०

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाबाट दुई वटा गोलीसहित कटुवा पेस्तोल बरामद गरिएको छ । गाउँपालिकाको वडा नम्बर १ दुंगुखोलाबाट प्रहरीले गोली र पेस्तोल बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

कटुवा पेस्तोल देखाउँदै एक व्यक्ति हिडेको सूचना आएपछि इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चैनपुरबाट प्रहरी राक्सिराङ पुगेको थियो । एक व्यक्ति स्थानीयको पसलअगाडि पेस्तोल देखाउँदै हिडेको खबर पाएर प्रहरी घटनास्थल पुग्दा ति व्यक्ति पेस्तोल फालेर फरार भएको प्रहरीको भनाई छ ।

पेस्तोल देखाउँदै हिड्नेलाई स्थानीयले नियन्त्रणमा लिन खोज्दा उनी पेस्तोल फालेर भागेको प्रहरीले जनाएको छ । उनको खोजीमा आफूहरु लागिपरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको