समिति सभापतिको टुंगो लगाउन बागमतीमा १७ मंसिरमा सर्वदलीय बैठक
मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशसभाका रहेको समितिहरुको सभापति टुंगो लगाउन आगामी १७ मंसिरमा सर्वदलीय बैठक बोलाएका छन् ।
संसदीय समितिको विषय तथा प्रदेशको वर्तमान राजनीतिक अवस्थाबारे छलफलका लागि बैठक हुने भएको हो ।
प्रदेश सरकारका मन्त्रीहरुसँगको छलफल गरेर मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक डाकेका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलले बुधबार मन्त्रीहरुसँग नीति तथा कार्यक्रम कार्यान्वयको अवस्था तथा समस्यालगायतबारे छलफल गरे । प्रदेश सरकारका मन्त्रीहरुले अबदेखि हरेक महिना सम्पादन भएका कार्य-प्रगतिका विषयमा मुख्यमन्त्रीलाई ब्रिफिङ गर्ने पनि छलफल भयो ।











































