स्नातकोत्तरमा नेपाली र अंग्रेजी विषय पढ्न त्रिविद्धारा मापदन्ड परिमार्जन

लोकखबर
२०८० मंसिर १४, बिहीबार १८:१७

मकवानपुर । त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा जुन सुकै विषय पढेको भएपनि स्नातकोत्तरमा नेपाली र अङ्ग्रेजी विषय पढ्न पाउने गरी मापदन्ड परिमार्जन गरेको छ ।

यसअघि नेपाली र अङ्ग्रेजी विषयमा स्नातकोत्तर तह पढनका लागि स्नातक तहमा पनि सोही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड थियो ।
त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले नेपाली र अङ्ग्रेजी विषयको अध्ययनका लागि मापदण्ड परिमार्जन गरेको हो । त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले यी दुवै विषय प्रयोगात्मक नभएर साहित्यिक भएकाले स्नातकोत्तर पढदा तल्लो तहमा जुनसुकै विषय भए पनि पढ्न पाउने जानकारी दिए।

त्रिवि वा त्रिविबाट मान्यता प्राप्त विश्वविद्यालयबाट जुनसुकै विषयमा स्नातक तह उत्तीणर् गरेकाले अबदेखि स्नातकोत्तर तहमा नेपाली र अंग्रेजी विषय पढ्न पाउने त्रिवि नेपाली विभागका प्रमुख प्रा डा खगेन्द्रप्रसाद लुइँटेलले बताए । त्रवि अङ्ग्रेजी विभागका प्रमुख प्रा. डा. जीवलाल सापकोटाका अनुसार कुनै पनि विषयमा स्नातक तह उत्तीणर् गरेको विद्यार्थीले अङ्ग्रेजीमा स्नात्तकोत्तर तहमा पढ्न पाउने भएका हुन् ।

मापदण्ड अनुसार त्रिविबाट मान्यता प्राप्त कुनै पनि विश्वविद्यालयबाट न्यूनतम एक सय पूणर्ाङ्क वा सोसरह अङ्ग्रेजीसहित हुनै पनि विषयमा स्नातक तह उत्तीणर् भएको वा त्रिविबाट स्नातक तहको समकक्षता प्राप्त गरेको हुनुपर्नेछ । यस्तै,अङ्ग्रेजी मातृभाषा भएका मुलुकका कुनै पनि विश्वविद्यालयबाट कुनै पनि विषयमा स्नातक तह उत्तीणर् भएको र त्रिविबाट स्नातक तहको समकक्षता प्राप्त गरेको हुनुपर्ने उल्लेख छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको