अर्विन्दसिंह र कस्मिकालाई हेटौंडा उपमहानगरपालिकाको सहायक सामग्री
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको कार्यालयले हेटौंडाका दुईजना शारिरीक अशक्तलाई सहायक सामग्री सहयोग गरेको छ ।
शारिरीक असशक्तताका कारण दैनिक जीवनमा समस्या ब्यहोर्दै आएका हेटौंडा १० का अर्विन्दसिंह पाख्रीन र ११ का कस्मिता पुरीलाई एक/एक वटा ह्वील चियर प्रदान गरिएको हेटौंडा उपमहानगरपालिकाको महिला तथा बालिवालिका महाशाखाले जनाएको छ ।
उपमहानगरको बार्षिक स्वीकृत कार्यक्रम अनुसार नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले असक्ततता भएकाहरुको अभिभावकलाई सामग्री हस्तान्तरण गरेका हुने ।
घरमा हिड्डुलका लागि असहज भएको अवस्थामा उपमहानगरले दिएको सामग्रीले शारिरीक अशक्त रहेका दुवैको जीवनयापनमा सहज हुने अभिभावकहरुले बताए ।
हेटौंडा उपमहानगरले चालु आर्थिक वर्ष २०८०/०८१ मा कृतिम खुट्टा १, ह्वील चियर ४, इलेक्ट्रिक ह्वील चियर २, पैताला र खुट्टा सिधा गर्ने ‘एपिव’ जुत्ता १ वटा हस्तान्तरण गरिसकेको छ ।











































