आवधिक योजनाका लागि उपमहानगरले सार्वजनिक गर्‍यो क्यूआर कोड

लोकखबर
२०८० मंसिर १५, शुक्रबार १८:११

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आवधिक योजनाका लागि सुझाव सङ्कलन गर्न क्यूआर कोड सार्वजनिक गरेको छ ।

आगामी पाँच वर्षका लागि आवधिक योजना बनाउँने क्रममा रहेको नगरवासीसँग आवधिक योजनाका लागि सुझाव संकलन गर्नका लागि क्यूआर कोर्ड जारी गरिएको हेटौंडा उपमहानगरपालिकाको कार्यालयले जनाएको छ ।

नगरका विकास योजनामा समावेस रहेका विभिन्न १७ वटा क्षेत्रमा सुझाव सङ्कलन गर्दै उपमहानगरले निर्माण गर्ने आवधिक योजनमामा नगरवासीको सहभागिताका लागि क्यूआर कोड मार्फत सुझाव सङ्कलन गर्न खोजिएको कार्यालयले जनाएको छ ।

उपमहानगरले क्युआरमार्फत खानेपानी,सडक, ढल लगायत पूर्वाधार विकास, लक्षित वर्गका कार्यक्रम (महिला, अपाङ्गता भएका, दलित, जनजाति, ज्ेयष्ठ नागरिक, बालबालिका, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, एकल महिला), कृषि तथा पशु विकास, शिक्षा विकास, जनस्वास्थ्य, फोहरमैला व्यवस्थापन सहितका क्षेत्रमा सुझाव लिन खोजेको हो ।
उपमहानगरले सार्वजनिक गरेको क्यूआर कोड स्क्यान गरी नगरको वृहत्तर विकासमा योगदान गर्दै योजना र कार्यक्रमहरुमार्फत सुझाव दिन नगरवासीलाई आव्हान गरेको छ । उपमहानगरले चालु आर्थिक वर्ष २०८०/०८१ देखि २०८४/०८५ सम्म पाँच वर्षका लागि आवधिक योजना निर्माणको क्रममा रहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको