बागमती प्रदेश प्रमुख शर्माद्धारा क्रिसमसको शुभकामना
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार मनाइँदै गरिएको इसाई समुदायको महत्वपूणर् पर्व क्रिसमसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
प्रदेश प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्घि, सुस्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका हुन् ।
उनले आफ्नो शुभकामनामा संवैधानिक व्यवस्था अनुसार धर्म निरपेक्ष राज्य हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिपूणर् रहेको उल्लेख गरेका छन् । विविधताबीच एकता कायम गरी आपसी भाइचारा र सहिष्णुता अभिवृद्धि गर्न हामीले मनाउने पर्वहरुले सघाउ पुर्याइरहेको प्रमुख शर्माको सन्देशमा भनिएको छ । ‘हाम्रा धर्म, संस्कृति र चाडपर्वहरुको संरक्षण गर्दै धार्मिक-सांस्कृतिक स्वतन्त्रताको उपयोग गर्नु हाम्रो मौलिक अधिकार हो ।’ प्रमुखले आफ्नो सन्देशमा भनेका छन्, ‘क्रिसमस पर्वले हामी नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र एकतालाई प्रबलीकरण गर्दै समग्र राष्ट्रको उत्थानमा सघाउ पुर्याउँनेछ भन्नेमा म विश्वस्त छु ।’











































