उद्धार गरी आश्रममा ल्याइएका दुई जनाको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा-९ मयूरधापमा रहेको मानव सेवा आश्रममा राख्नका लागि उद्धार गरी ल्याइएका दुई जनाको मृत्यु भएको छ ।
मकवानपुर प्रहरीका अनुसार बाग्लुङ र मकवानपुरको सडकबाट उद्धार गरी ल्याइएकाको मृत्यु भएको हो । मृत्यु हुनेमा १९ बर्षीय पुजा मानव र २५ बर्षीय अमित विश्वकर्मा रहेका छन् ।
प्रहरीका अनुसार पुजालाई बाग्लुङको सडकबाट र अमितलाई मकवानपुरको बकैया गाउँपालिका-३ हात्तिसुँडेको सडकबाट उद्धार गरिएको थियो र उनीहरुको मृत्यु हुनाको कारण भने नखुलेको बताइएको छ ।
पुजाको पुस ९ गते र अमितको पुस १२ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।











































