खेलकुद तथा व्यापार महोत्सवमा शनिबार दशर्कको उल्लेख्य सहभागिता

लोकखबर
२०८० पुष १४, शनिबार १९:५३

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा अहिले खेलकुद तथा व्यापार महोत्सव जारी छ ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजना र औद्योगिक शान्ति नेपालको सहकार्यमा हेटौंडाको टिसिएन चौरमा महोत्सव जारी रहेको हो । यही पुस १७ गतेसम्म जारी रहने महोत्सवमा करिब २६० वटा स्टल रहेको छ भने राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय गरी विभिन्न १३ वटा विधामा खेल पनि भइरहेको आयोजकले जानकारी दिएको छ । महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका साथै बाल उद्यान रहेको छ । महोत्सवबाट सङ्कलित रकमबाट वर्षभर विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरिने आयोजकको भनाई छ ।
महोत्सवमा सार्वजनिक बिदाको दिन शनिबार दशर्कको बाक्लो उपस्थितीका बीच गायिका रचना रिमाल, बबिता बानियाँ जेरी, प्रदिप रोक्का, कमल के क्षेत्रीलगायतले प्रस्तुती दिए ।
महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारले सांगीतिक प्रस्तुति दिइरहेका छन् । महोत्सवमा आइतबार गायिका राधिका हमाल, गायक उर्गेन दोङ, कमल खत्री, एन्जिला रेग्मी र द शिल्ड ब्याण्डको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
महोत्सवमार्फत खेल क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा रहेको महोत्सव आयोजक समितिका संयोजक समेत रहेका मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्कीको भनाई छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको