माछा मार्न भनी हिडेका थिङ मृत भेटिए
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ४ मा सोमवार एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
मृत फेला पर्नेमा बागमती ४ झुरझुरेका ३५ बर्षीय गोपाल थिङ रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
उनी आइतबार साँझ बागमती खोलामा माछा मार्न जान्छु भनी घरबाट निस्किएको बताइएको छ ।











































