चाडपर्वले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्छ : प्रदेश प्रमुख शर्मा

लोकखबर
२०८० माघ १, सोमबार ०८:४४

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले नेपालीहरुले मनाउने चाडपर्वले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता
अभिवृद्धि गरी हामीहरुलाई राष्ट्रिय एकताको शुत्रमा बाँध्न सघाउ पुऱ्याउने विश्वास व्यक्त गरेका छन् ।

सोमबार मनाइँदै गरिएको माघे संक्रान्ति अर्थात माघी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रमुख शर्माले यस्तो विश्वास लिएका हुन् । शुभकामना सन्देशमा प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका हुन् ।

शर्माले हाम्रो देश नेपाल भौगोलिक, जातीय र सांस्कृतिक विविधताले भरिपूर्ण रहेको उल्लेख गर्दै शुभकामना सन्देशमा यी विविधताहरुप्रति
हामीले गौरव गर्नुपर्दछ भनेका छन् । ‘माघी थारु समुदायले हर्षोल्लासपूर्ण वातावरणमा मनाउने पर्व हो । ’प्रमुखले भनेका छन्,‘आजैका दिन
अन्य समुदायहरुबीच पनि मकर संक्रान्तिका रुपमा यो पर्व मनाइन्छ ।’

प्रमुख शर्माले हाम्रा मौलिक सांस्कृतिक परम्पराहरुको संरक्षण तथा सम्बर्धन गर्दै अघि बढौं भनेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको