हेटौंडाको भुटनदेवी स्कुलको चौरमा थारु माघी महोत्सव
मकवानपुर । मकवानपुरको हेटौँडामा सोमबार छैटौँ थारु माघी महोत्सव भव्य रुपमा मनाइएको छ । हेटौँडा ४ स्थित भुटनदेवी स्कूलको चौरमा महोत्सव गरिएको हो । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा महोत्सव संचालन गरिएको हो ।
उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा महोत्सव भएको हो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँ, हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल, वडा नम्बर १० का अध्यक्ष फुर्वादोर्जे लामा, थारु कल्याणकारी समाजका केन्द्रिय सदस्य जानुका चौधरी लगायतकाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा थारु भेषभुषा, थारु सँस्कृति झल्किने विभिन्न परिकारका खानेकुराहरु, थारु नृत्य लगायत थारु संस्कृति प्रदर्शन गरिएको थियो ।











































