पालुङ जेसीजको २४ औं पदस्थापना एवम् पुरस्कार वितरण
मकवानपुर । पालुङ जेसीजको २४ औं पदस्थापना एवम् पुरस्कार वितरण कार्यक्रम भएको छ ।
थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टको प्रमुख आतिथ्यतामा सोमबार थाहा नगरको जेसीज हलमा कार्यक्रम भएको हो ।
प्रमुख अतिथी विष्टले युवाहरुको नेतृत्व क्षमताको विकासका लागि जेसीजसंग समन्वय र सहकार्य गर्न आफू तयार रहेको बताए ।
कार्यक्रममा वर्ष २०२३ का अध्यक्ष संगम कार्कीले वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीलाई पदभार हस्तान्तरण गरे । कार्यक्रममा जेसीज वर्ष २०२३ मा संस्थाका पदाधिकारी र सहयोग गर्ने संघ संस्थालाई सम्मान एवम् पुरस्कार प्रदान गरियो ।
वर्ष २०२४ का लागि निर्वाचित अध्यक्ष निरज रायमाझीलाई वर्ष २०२३ का अध्यक्ष संगम कार्कीले र वर्ष २०२४ का पदाधिकारीहरुलाई निर्वाचित अध्यक्ष रायमाझीले पद तथा गोपनियताको सपथग्रहण गराए ।
पालुङ जेसीजको पौष १४ गते भएको साधारणसभामा वर्ष २०२४ का लागि अध्यक्ष रायमाझीसंगै कार्यकारिणी उपाध्यक्षमा नारायण तामाङ, मानसिं दोङ र उपाध्यक्षमा स्मिता विष्ट, बिस्मिता गोपाली, विराज थापा र नारायण कार्की निर्वाचित भएका थिए ।
वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीले वर्ष २०२४ लाई सफल बनाउने प्रतिबद्धता सहित पालुङ जेसीजको विधान अनुसार कानुनी सल्लाहकारमा सुविन्द्रमान प्रधान, महासचिवमा विक्रम गोपाली, कोषाध्यक्षमा संजय गोपाली, जनसम्पर्क अधिकारीमा शुसान्त गोपाली, शाखा सम्पादकमा अन्जय प्रधानलाई मनोनित गरे ।
यस्तै, वर्ष २०२४ को तालिम आयुक्तमा अजित कार्की, प्रकरण निर्देशकमा प्रकाशबहादुर चन्द, सचिवमा रोशनी गोपाली र सहकोषाध्यक्षमा अजय कार्कीलाई मनोनित गरियो ।
अध्यक्ष रायमाझीले वर्ष २०२४ का लागि अध्यक्ष पदमा उम्मेद्वारी दिएको अवस्थामा आफूले सार्वजनिक गरेको कार्यक्रमहरुलाई कार्यान्वयन गरी सन् २०२४ लाई उत्कृष्ट वर्ष बनाउन प्रतिबद्ध रहेको बताए ।
पदस्थापन कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अनुप सुनार, निरुपित राष्ट्रिय उपाध्यक्ष सौरभ श्रेष्ठ, थाहा नगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष कविराज खत्री, हेटौँडा जेसीज वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठ, चैनपुर जेसीज वर्ष २०२३ का अध्यक्ष गणेश दर्पण अधिकारी, पालुङ जेसीजका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु लगायत स्थानीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आथित्यता रहेको थियो ।











































