प्रशन्न सहकारीको आठौँ वार्षिक साधारणसभा, नियमित बचतकर्ता र असल ऋणीलाई सम्मान
मकवानपुर । मकवानपुरको हेटौंडास्थित प्रशन्न बचत तथा ऋण सहकारी संस्थाको आठौँ वार्षिक साधारणसभा शनिबार भएको छ ।
सहकारीका अध्यक्ष इन्द्रप्रसाद सञ्जेलको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखा प्रमुख रामेश्वर अर्यालको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।
कार्यक्रममा जिल्ला सहकारी संघ मकवानपुरका सदस्य एवम् हातेमालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलको विशेष आतिथ्यता थियो भने सहकारीका सल्लाहकार अर्जुन बिडारी, राजकुमार तिमल्सिना, रुद्रश्वर मन्दिर पर्यटन विकास समितिका अध्यक्ष राजीव सुवेदी, समाजसेवी भुमिनन्द गौतम लगायतको आतिथ्यता थियो ।
सभाले रिक्त सचिव पदमा राजेश शर्मा, कोषाध्यक्षमा रमेशकुमार बर्तौला, सदस्यमा जानुका तिमल्सिना, सूर्यप्रसाद पहाडी र लेखा समिति सदस्यमा दिपेन्द्र घिमिरेलाई चयन गरेको छ ।
साधारणसभाको अवसरमा सहकारीमा नियमित बचतकर्तातर्फ सूर्यप्रसाद पहाडी र असल ऋणीतर्फ विशाल श्रेष्ठलाई प्रशंसापत्रमार्फत सम्मान गरिएको छ ।
सहकारीका व्यवस्थापक सरिता सञ्जेल (सरु कार्की) ले साधारणसभा संचालन गरेकी थिइन् ।












































