सफलको जन्मदिनमा मामाघरलाई नगद सहयोग

लोकखबर
२०८० माघ १८, बिहीबार २०:५०

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ न्यूरेनीका युवा सफल अधिकारीले विहीबार आफ्नो जन्म दिनमा मामाघर नेपाललाई पाँच हजार पाँच रुपैंया नगद सहयोग गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी), हेटौंडा उपमहानगर कमिटीका सचिव समेत रहेका अधिकारीले केक काटेर जन्म दिन मनाउँनुभन्दा सडकबाट उद्धार गरी संरक्षण प्रदान गरिदै आइएका बालकहरुको सेवाका लागि सघाउ पुगोस् भन्ने सोचले मामाघरलाई नगद सहयोग गरेको बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको