एकीकृत समाजवादी नगर कमिटीले बृहत् वनभोज तथा प्रशिक्षण गर्दै
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) हेटौंडा उपमहानगरपालिका कमिटीले हेटौंडामा बृहत् वनभोज तथा प्रशिक्षण गर्ने भएको छ ।
यही माघ २० गते शनिबार हेटौंडामा वनभोज तथा प्रशिक्षण गर्न लागिएको पार्टी नगर कमिटिका सचिव सफल अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार पार्टीका कार्यकर्ताहरुको बृहत् सहभागिता रहने कार्यक्रममा पार्टीका केन्द्रीय सचिव रामकुमारी झाक्रीको उपस्थिती रहनेछ ।











































