लायन्स क्लवद्वारा १ हजार ६ सय १७ जनाको आँखा परीक्षण

राजकुमार के.सी.
२०८० माघ २३, मंगलवार २०:३८

मकवानपुर । लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल र क्युर ब्लाईण्ड हिमालयण कट्रयाक प्रोजेक्टको संयुक्त आयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा २०८० माघ २० गतेदेखि सुरु भएको निशुल्क आँखा परीक्षण सिविरमा मंगलबारसम्म १ हजार ६ सय १७ जनाको आँखा परीक्षण गरिएको छ ।

लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल, एरिया २ अन्तरगत क्रियाशिल सम्पूर्ण लायन्स क्लव तथा लियो क्लवहरुको सहकार्यमा विभिन्न स्थानमा भएको आँखा परीक्षण सिविरमा २ सय ५० जना मोतिबिन्दुका बिरामीहरु पहिचान भएका छन् ।

पहिचान भएका सबै मोतिबिन्दुका बिरामीहरुलाई हेटौंडा सामुदायिक आँखा अस्पतालमा माघ २४ देखि २५ गतेसम्म शल्यक्रिया गरिने लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल, एरिया २ का एरिया चिफ जेपी यादवले बताए ।

मोतिबिन्दु बिरामीहरुको शल्यक्रिया, आवास, खाना, यातायात लगायत कुनैपनि खर्च नलाग्ने चिफ यादबले बताए ।

लायन्स क्लवको बार्षिक भिजन कार्यक्रम अन्तरगत आँखा परीक्षण शिविर सञ्चालन गरिएको मुख्य कार्यक्रम संयोजक हरिवंश भेटवालले बताए। स्रोत र साधनको अभावमा मोतिबिन्दुका कारण दृष्टिविहीन भएकाहरुलाई दृष्टि प्रदान गर्ने उद्देश्यले आँखा परीक्षण सिविर सञ्चालन गरिएको उनले बताए ।

मकवानपुर जिल्लाको शिखरकटेरी, पाथिभरा, बुढिचौर, राईगाउ, बागमती बारा जिल्लाको इन्नरवासिरा, हरिपुर, हल्खोरिया, हरपुर सर्लाही जिल्लाको रामनगरमा आँखा परीक्षण शिविर सन्चालन सञ्चालन गरिएको थियो ।

लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल अन्तरगत रहेका क्लवहरुले स्थानीय क्षेत्रमा बिभिन्न सामाजिक कार्यहरु सञ्चालन गर्दै आएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको