लोक भजन चुड्का तथा संस्कृति संरक्षण प्रतिष्ठान, मकवानपुरको अधिवेशन

लोकखबर
२०८० माघ २७, शनिबार २१:१९

मकवानपुर । राष्ट्रिय लोक भजन चुड्का तथा संस्कृति संरक्षण प्रतिष्ठान नेपाल मकवानपुरको प्रथम अधिवेशन शनिबार हेटौंडामा भएको छ ।

यसअघि तदर्थ समितिी रहेको प्रतिष्ठानको अधिवेशनबाट रुक्मिणी सुवेदीको अध्यक्षतामा २१ सदस्यीय प्रतिष्ठानको जिल्ला कार्य समिति चयन गरिएको छ । उपाध्यक्षमा टेकप्रसाद न्यौपाने, महिला उपाध्यक्षमा प्रतिक्षा चौलागाई, सचिवमा सुभाषचन्द्र कँडेल, सहसचिवमा नानीराम दुलाल, कोषाध्यक्ष रामप्रसाद फुयाल, सहकोषाध्यक्ष गहन खतिवडा रहेका छन् । यस्तै, सदस्यहरुमा तुलसी पाठक, रामचन्द्र अर्याल, लिलानाथ अमगाइँ, शिवप्रसाद न्यौपाने, विनोद पुडासैनी,पार्वती दुलाल,सरस्वती फुयाल, मखकुमारी तिमल्सिना, इन्दिरा फुयाल, हिराप्रसाद तिमल्सिना, सावित्री ढकाल, बद्रीप्रसाद अर्याल, कमला खड्कालगायत रहेका छन् । प्रतिष्ठानका लागि बाँकी सदस्य पछि कार्य समिति बैठकबाट मनोनित गरिने अध्यक्ष सुवेदीले जानकारी दिइन् ।

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नारायणप्रसाद खनालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा संस्थापक अध्यक्ष प्रजापति पराजुली, महासचिव खगेन्द्रराज पराजुली, उपमहासचिव नारायण भुषाल,केन्द्रीय सदस्य नवीन पौडेल, नारायण रेग्मी, लुम्बिनी प्रदेशका प्रमुख काशीराम पोखरेलको आतिथ्यता रहेको थियो ।

कार्यक्रम विभिन्न खैंजडी भजन एवम् नौमति बाजा समूहले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको