किशोर बर्तौला एमाले छाड्दै एकीकृत समाजवादीमा

लोकखबर
२०८० माघ २८, आईतवार १८:२४

मकवानपुर । नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य किशोर बर्तौलाले एमाले परित्याग गर्दै नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन् ।

आइतबार पार्टी अध्यक्ष माधवकुमार नेपालले बर्तौलालाई एकीकृत समाजवादीमा प्रवेश गराएका हुन् । पार्टी प्रवेश गर्दै बर्तौलाले नेकपा एमालेमा व्यक्तिवाद हावी भएको भन्दै यसले देश र जनताको पक्षमा कुनै हालतमा काम गर्न नसकेको बताए । आगामी दिनमा पनि यसले देश र जनताको पक्षमा एमालेले काम गर्न नसक्ने बर्तौलाको भनाई छ । ‘एमाले विशुद्ध कम्पनिवाद वा प्रालिमार्फत जसरी चल्यो ।’ बर्तौलाले भने, ‘लामो समयको अनुभव ले माधव नेपालले नेतृत्व गरेको पार्टी नै समाजवादी यात्राको जग र मार्गदर्शन गर्ने पार्टी हो ।’ बर्तौलाले विभिन्न तह र तप्कामा अलमलिएर रहेका मकवानपुर जिल्लाका सबै युवालाई नेकपा एसमा समाहित हुन आव्हान समेत गरेका छन् ।

बर्तौला संघीय निर्वाचन क्षेत्र नं २ को सचिव एवम् रेडक्रस जिल्ला शाखा मकवानपुरको कोषाध्यक्ष हुन् । उनी नेपाल राष्ट्रिय शिक्षक संगठनको पूर्व जिल्ला उपाध्यक्ष, वर्तमान सल्लाहकारको भूमिकामा रही काम गर्दै आइरहेका थिए भने सहकारी अभियान्ता समेत हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको