हेटौँडामा २ महिने ढाका उत्पादन तालिम सकियो
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० मा संचालित २ महिने ढाका उत्पादन तालिम सकिएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० को कार्यालयको सहयोगमा संचालित तालिममा महिलाहरुलाई ढाका उत्पादनको सिप सिकाईएको थियो । साथै कार्यालयले हेटौँडा ढाका उद्यमी समूह नै बनाएर ढाका उत्पादन समेत गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना लामा र हेटौँडा १० का अध्यक्ष फुर्वा दोर्जे तामाङलाई पनि तालिममा उत्पादित ढाकाको सामग्री पहिराएर स्वागत गरिएको थियो ।
तालिममा सहभागी महिला उद्यमीहरुलाई प्रमुख अतिथि लामा र वडाअध्यक्ष तामाङले प्रमाणपत्र पनि वितरण गरेका थिए ।











































