हेटौँडा बसपार्कमा कोशेली घरको शिलान्यास
मकवानपुर । मकवानपुरको हेटौँडामा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कमा कोशेली घरको शिलान्यास भएको छ । बिहीबार हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले कोशेली घरको शिलान्यास गरेका हुन् ।
कोशेली घरमा महिलाहरुले उत्पादन गरेको सामग्री बिक्रि गरिनेछ । बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा कोशेली घर निर्माण हुन लागेको हो ।

कार्यक्रममा वडा नम्वर १० ले तयार गरेको शैक्षिक भित्तेपात्रो समेत बिमोचन गरिएको थियो । कार्यक्रममा वडा नम्बर १० का वडाअध्यक्ष फुर्वादोर्जे तामाङसहित अन्य जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।











































