स्वास्थ्य मन्त्री श्रेष्ठद्धारा नयाँ बर्षको शुभकामना व्यक्त

लोकखबर
२०८१ बैशाख १, शनिबार ०८:४६

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले नयाँ बर्ष २०८१ को शुभकामना व्यक्त गरेका छन् । मन्त्री श्रेष्ठले राष्ट्र निर्माण, समृद्धि र सुशासनका निम्ति अघि बढ्न आग्रह गर्दै सम्पुर्ण नेपालीलाई नयाँ बर्षको शुभकामना दिएका हुन् ।

‘नयाँ वर्ष २०८१ को सुखद अवसरमा बागमती प्रदेश सहित स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना दिदै राष्ट्रको नव निर्माण, समृद्धि र सुशासनका निम्ति अघि बढ्न आह्वान गर्न चाहान्छु,’ मन्त्री श्रेष्ठले भने।

नेपाल सार्वभौमसत्ता सम्पन्न जनताका प्रतिनिधिबाट निर्माण भएको संविधान कार्यान्वयनको चरणमा रहेको बताउँदै नेपालको संवैधानिक इतिहासमा जनताको प्रतिनिधिले पहिलो पटक जनतालाई संविधानको स्रोत बनाई संविधान जारी गरेका स्मरण गराए । दोस्रोपटक निर्वाचित भएका जनप्रतिनिधिले मुलुकको विकास र समृद्धिको जनचाहना पूरा गर्न अहोरात्र काम गरिरहेका जानकारी दिए ।

‘शासन सञ्चालनको स्वायत्तता, सहभागिता र जवाफदेही पद्धति अन्र्तगत संघीयता एक महत्वपूर्ण आयाम हो,’ उनले भने, ‘एकात्मक प्रणालीको केन्द्रीयता घटाउने, स(साना राज्य मिलेर सवल राज्य बन्ने चाहना आवश्यकता र राजनीतिक सहमतिले संघीय प्रणाली विकसित हुँदै आएको छ। लामो राजनीतिक बहसपछि हामीले संघीयतालाई स्वीकारमात्रै गरेका छैनौं, कार्यान्वयन गरिरहेका छौं ।’

राष्ट्रको सर्वाङ्गीण विकास नागरिकको स्वास्थ्य अवस्थामा निर्भर रहन्छ। मानव विकास सूचकाङ्कको एउटा प्रमुख सूचक स्वास्थ्य पनि रहेको मन्त्री श्रेष्ठले बताए । ‘बागमती प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयले पनि नागरिकको स्वस्थ जीवनका सन्दर्भमा यस बर्ष झनै प्रभावकारी नीति र योजना साथ काम गर्ने विश्वास जनाउँदै पुनः नयाँ वर्ष २०८१ को हार्दिक शुभकामना व्यक्त गर्दछु,’ मन्त्री श्रेष्ठले भने ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको