गाउंमा आंखा उपचार शिविर

– सर्वसाधारणलाई सुविधा
लोकखबर
२०८३ जेष्ठ १२, मंगलवार ००:१८

बिदुर – राजधानी काठमाडौ तथा सदरमुकाम विदुरसम्म पुगेर आंखाको परिक्षण गराउन नसकेका विरामीहरुलाई लक्ष्यित गरि नुवाकोटको शिवपुरी गाउँपालिका ६ मा निःशुल्क आँखा उपचार शिविर गरिएको छ । यसवाट गाउंवासी लाभान्वित भएका छन् ।

नुवाकोटको पुर्वी भेगमा रहेको शिवपुरी गापां ६ ले गुर्जेस्थित कालिकादेवी माविमा एक दिने निःशुल्क आँखा उपचार शिविरसम्पन्न गरेको हो । तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा सम्पन्न उक्त शिविरमा स्थानीयवासी तथा शिवपुरी गापाका आंखाका विरामीहरूले सेवा लिएका थिए ।

आंखा शिविरमा गाउंका धेरै नागरिकहरूले आँखासम्बन्धि जाँच तथा आवश्यक परामर्श सेवा प्राप्त गरेका हुन् । उनीहरुले वेला वेलामा गाउंमै शिविर गर्न अनुरोधसमेत गरेका छन् ।


सर्वाधिक रुचाइएको